राष्ट्रसेवक
  • २९ भदौ २०८१
  • करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान


    • राष्ट्रसेवक
    •    
    • October 29, 2022

  • काठमाडौँ, १२ कात्तिक । अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान गरिएको छ । महासङ्घका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गर्नुभयो ।

    बौद्ध साहित्यमा आधारित नैतिक ज्ञान तथा अहिंसासम्बन्धी शिक्षा प्रदान गरिएको उक्त कार्यक्रममा उहाँले मानिसले लोभ, मोहको अन्त्य गर्न सकेमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने बताउँदै त्यसतर्फ अग्रसर हुन सर्वसाधरणलाई प्रेरित गर्नुभयो ।

    गत असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म उक्त विहारमा ‘वर्षावास’ बसेका भिक्षुहरूको सम्मानमा आयोजित ‘कथिन चिवर दान उत्सव’ मा महासङ्घका प्रतिनिधिलाई वस्त्र प्रदान गरिएको छ । विहारका उपाध्यक्ष भिक्षु धर्ममूति महास्थवीरका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णमादेखि एक महिनाभित्र एकपटक मात्र यस किसिमको उत्सव विहारमा गर्ने गरिन्छ । विहारले बुद्ध पूर्णिमाका दिन विशेष धार्मिक कार्यक्रम तथा अन्य समयमा विभिन्न सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको छ ।

  • ताजा समाचार