राष्ट्रसेवक
  • १३ जेठ २०८१
  • काठमाडौँ २ मा सोविता गौतमको जित


    • राष्ट्रसेवक
    •    
    • November 23, 2022

  • काठमाडौँ ,७ मंसिर। काठमाडौँ क्षेत्र नम्बर २ मा सोविता गौतमले जित हात परेकी छिन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम बिजयी भएकी छन् ।

    गौतमले १५२२९ मत प्राप्त गरेकी छन भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ ।

    सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। अब देश युवाले चलाउनु पर्छ र संसदमा युवाको सहभागिता हुनुपर्छ भन्ने उद्देश्यले सोविता राजनीतिमा लागेको उनले बताएकी छिन् ।

     

  • ताजा समाचार