राष्ट्रसेवक
  • २९ असोज २०८१
  • गौशाला धर्मशालाको अवैध संरचनामा डोजर


    • राष्ट्रसेवक
    •    
    • November 27, 2022

  • काठमाडौँ ,११ मंसिर । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालाले बनाएका मापदण्डविपरीतका संरचना भत्काउन डोजर चलाएको छ। स्वीकृति नलिएर  केही संरचना बनाएपछि कोषले धर्मशालामा पहिलोपटक डोजर चलाएको जानकारी दिएको छ।

    यसअघि विभाग, आयोग र कोषले पटक पटक पत्राचार गरे पनि नेपाल मारवाडी सेवा समितिले बेवास्ता गर्दै आएको कोषका कर्मचारीले  जानकारी । मापदण्ड र सम्झौताविपरीतका संरचना भत्काउन कोषले ३५ दिने सार्वजनिक सूचना समेत जारि गरिसेको थियो ।

    डोजरले भत्काउन थालेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले गौशालाका डीएसपीलाई तत्कालका लागि रोक्न आदेश दिएका थिए।

    कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट समेत गौशाला प्रहरीमा पत्राचार भइसकेपछि डोजर चलाइएको जानकारी सञ्चारकर्मीलाई दिएका छन्।

  • ताजा समाचार