राष्ट्रसेवक
  • १० साउन २०८१
  • माछापोखरीको एक गेष्ट हाउसमा पुरुष मृत अवस्थामा फेला


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 28, 2022

  • काठमाडौँ ,१२ मंसिर। काठमाडौं स्थित माछापोखरीको गेष्ट हाउसमा एक पुरुष मृत भेटिएका छन् ।

    काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला मृत फेला परेको जानकारी आएको छ।

    त्यस्तै मंसिर १० बाट सोहि  गेष्ट हाउसमा बस्दै आएका  ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने थप अनुसन्धान भइरहेको छ।

     

  • ताजा समाचार