राष्ट्रसेवक
  • २९ भदौ २०८१
  • आज सुपर मादी हाइड्रोपावरको आइपिओ खुल्यो


    • राष्ट्रसेवक
    •    
    • December 6, 2022

  • काठमाडौँ ,२० मंसिर।सुपर मादी हाइड्रोपावरले  (मंगलबार) देखि आइपिओ बिक्री खुला गरेको छ।कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको छ ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

    आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूको लागि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएको हो।

    स्थानीयहरुले सोहि बमोजिम आवेदन नपरेमा पुस २० गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ भने त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने पुस ५ गतेसम्म मात्र आवेदन दिन सक्नेछन्।

  • ताजा समाचार