राष्ट्रसेवक
  • १० साउन २०८१
  • तोलामा ८ सयले बढ्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • December 21, 2022

  • काठमाडौँ,६ पुस ।मंगलबार सामान्य घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । मंगलबार तोलामा १ सयले घटेको छापावाल सुनको मूल्य आज  बुधबार भने तोलामा ८ सय रुपैयाँले बढेको छ ।

    तोलामा ८ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन प्रतितोला तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी , बुधबार तेजाबी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो भने  हिजो तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो  ।

  • ताजा समाचार