राष्ट्रसेवक
  • १० साउन २०८१
  • त्रिभुवन विमानस्थलमा उडान प्रभावित


    • राष्ट्रसेवक
    •    
    • December 22, 2022

  • काठमाडौँ, ७ पुस । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

    विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिनुभयो । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उहाँले भन्नुभयो ।

    मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताउनुभयो ।

  • ताजा समाचार