राष्ट्रसेवक
  • १० साउन २०८१
  • प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट


    • राष्ट्रसेवक
    •    
    • April 13, 2023

  • काठमाडौँ, ३० चैत । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गर्नुभएको छ ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उहाँहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    यसैबीच, प्रधानसेनापति शर्माले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका सुदर्शन सिल्वाललाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

    मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरुप उपरथीमा बढुवा हुनु भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ ।

    महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नती भएका तीन महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गर्नु भएको निर्देेशनालयले जनाएको छ ।

  • ताजा समाचार