काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताउनु भएको छ ।
कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिमा प्रस्ताव नगरेका कारण पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लागे पनि त्यस्तो अनुभूति गर्नु नपरेको बताउनुभयो ।
कोइरालासँगका प्रतिवद्धता आफूले जस्ताको तस्तै पुरा गर्न नसकेको स्वीकार्दै दाहालले कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने बताउनुभयो ।
गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै उहाँले केन्द्रीकृत राजतन्त्र ठिक हो कि भन्ने पार्न खोजिएको पनि बताउनुभयो ।