राष्ट्रसेवक
  • १० साउन २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ


    • राष्ट्रसेवक
    •    
    • July 7, 2023

  • काठमाडौँ । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।

    माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

     

  • ताजा समाचार