राष्ट्रसेवक
  • १० साउन २०८१
  • सीता दाहालको निधनमा माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने


    • राष्ट्रसेवक
    •    
    • July 12, 2023

  • काठमाडौँ– नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले आज र भोलि देशभरका माओवादी केन्द्रा सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

    उनका अनुसार भोलि जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । 

    आज बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए ।

    हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएकी सीताको उपचारकै क्रममा निधन भएको थियो ।

    लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा समेत उपचार गरिएको थियो । 

  • ताजा समाचार