राष्ट्रसेवक
  • १० साउन २०८१
  • लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन


    • राष्ट्रसेवक
    •    
    • July 27, 2023

  • काठमाडौं – अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ ।

    अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएकाे हो ।

    अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।

    पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको मागसहित आन्दोलन गर्दै आएका थिए ।

  • ताजा समाचार