राष्ट्रसेवक
  • २९ भदौ २०८१
  • नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँ जिल्लाको आयोजनामा ‘व्यवसाय व्यवस्थापन तथा अभिमुखिकरण’ कार्यक्रम सम्पन्न


    • राष्ट्रसेवक
    •    
    • August 13, 2023

  • काठमाडौँ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँ जिल्लाद्वारा आयोजित ‘व्यवसाय व्यवस्थापन तथा अभिमुखिकरण’ कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँका अध्यक्ष तथा महासंघका कोषाध्यक्ष राज कार्कीको अध्यक्षतामा भब्य रूपमा सम्पन्न भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रदेश सह–संयोजक भिम दर्नाल, मानार्थ सदस्य प्रकाश दर्जी, केन्द्रिय सदस्य रामप्यारा छिनाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका पुर्व केन्द्रिय सदस्य तारा परियार, संघ र महासंघका विभिन्न पदिय जिम्मेवारीमा रहनु भएका उर्मिला श्रेष्ठ, पारु भट्टराई, देउरुपा थापा लगायत उद्यमी व्यवसायीको उल्लेखनीय उपस्थिति रहेको भयो ।

    ‘व्यवसाय व्यवस्थापन किन जरुरी छ ?’ यसको महत्वबारे प्रष्ट्याउँदै नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौँ जिल्लाका अध्यक्ष राज कार्कीले व्यवसायीहरुमा हौसला थपेका थिए । ‘हामीले उत्पादन गर्ने कपडाले मानिसको इज्जत, प्रतिष्ठा थप्ने काम गर्छ ।’ कार्कीले भने, ‘हामीले हाम्रो पेशालाई स्थापित गर्ने काम आफैले गर्नुपर्छ ।’ देश चिनाउँन, पेशा चिनाउँन र मुलुकको समृद्धिमा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ र महासंघमा आबद्ध सबै व्यवसायीहरुले नै टेवा पुर्‍याउँन भूमिका खेल्न उनले आग्रह गरे ।

    यस्तै नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सबै व्यवसायीसँग अघि सहकार्य, समन्वय गर्न आफू तयार रहेको बताए । आफूले नेतृत्व गर्नु अगाडी संस्था सुसुप्त र त्यति सक्रिय नभएको बताउँदै श्रेष्ठले संस्थाको विकास लागि हरदम लागिपर्ने बताए । पछिल्लो चार वर्षको अवधिमा मुलुकका ७२ जिल्लामा संगठन बिस्तार सफल भएको उनले बताए ।

    संघको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने दस जना उद्यमी, व्यवसायीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै अन्य सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । काठमाडौँ जिल्ला सचिव एवं महासंघका केन्द्रिय सदस्य वासुदेव पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • ताजा समाचार