राष्ट्रसेवक
  • १० साउन २०८१
  • तामाङ पर्यटन संजालको साधारणसभा सम्पन्न


    • राष्ट्रसेवक
    •    
    • August 27, 2023

  • काठमाडौँ, १० भदौ । पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको दोस्रो साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको आतिथ्यतामा सम्पन्न कार्यक्रम काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको थियो ।

    टान, एनएमए लगायत धेरै पर्यटन सम्बद्द संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थितिसमेत रहेको सो कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०/०८१ को लागि आठबुँदे कार्ययोजनासमेत पारित गरेको छ । त्यसैगरि कार्यक्रमको दोस्रो शत्रबाट आगामी दुईबर्षका लागि संस्थाको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

    संस्थाको नवगठित कार्यसमितिमा अध्यक्ष: सरीता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह-कोषाध्यक्ष बिश्वराज तामाङ सदस्यहरूमा  रबि लामा, हिमाल तामाङ, प्रकाश लामा , अमृत थोक, शान्ती तामाङ, पुष्कर तामाङ, टीका ब. तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ, पासाङ धुन्दुप तामाङ रहेका छन् ।

  • ताजा समाचार