राष्ट्रसेवक
  • २३ भदौ २०८१
  • जोनी डेपले जिते पूर्वपत्नीसँगको मुद्दा


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — हलिउड फिल्म ‘पाइरेट्स अफ क्यारेबियन्स’का अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डसँग मानहानीको मुद्दा जितेका छन् । अदालतले डेपको मानहानी गरेबापत एम्बर हर्डले १५ मिलियन अमेरिकन डलरको क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् । १५ मिलियनमा १० मिलियन मुआब्जा र बाँकी ५ मिलियन दण्डस्वरुप एम्बरले डेपलाई तिर्नुपर्ने आदेशमा बताइएको छ ।

    अदालतको फैसलापछि एम्बरले यस्तो निर्णयले अन्य महिलाहरूमा समेत असर पर्ने बयान दिएकी थिइन् । त्यस्तै डेपले भने बयानमा सुरुवातदेखि नै आफूहरूले सत्यता बाहिर ल्याउन खोजेको र सत्यलाई कहिल्यै मेटाउन नसकिने भन्दै बयान दिएका छन् ।

  • ताजा समाचार