राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • मंसिर ४ को निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन गरिने


    • राष्ट्रसेवक
    •    
    • November 19, 2022

  • मङ्सिर ४ मा  देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको जानकारी आएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई , शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर सोहि  सङ्ख्यामा जनशक्ति परिचालन गरिएको हो |

    जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको सुरक्षा गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले स्ट्राइकिङ , मोबाइल गस्ती, रिजर्भ र क्युआरटीसमेतमा काम गर्नु पर्ने भएको छ  । त्यस्तै , जिल्ला कमान्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिने प्रवक्ता थापाले बताएका छन्।

    त्यसैगरी  प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस तयार गरेको जानकारी दिएका छन्  ।

    मतगणना सुरु भएपछि पनि  मतगणनास्थलको बाह्य घेराको सम्पूर्ण  सुरक्षाको जिम्मेवारी  सशस्त्र प्रहरीले लिएको प्रवक्ता पुरुषोत्तम थापाले बताएका छन्   ।

  • ताजा समाचार