राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र आह्वान


    • राष्ट्रसेवक
    •    
    • November 30, 2022

  • काठमाडौँ ,१४ मंसिर। एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको हो  ।

    एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।त्यसैगरी आइतबार सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ भने  नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको हो ।

    त्यस्तै लप्सीफेदी रातमाटे न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ भने   रातमाटे दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली(न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको जानकारी आएको छ।

  • ताजा समाचार