राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • काठमाडौँमा चक्कु प्रहारबाट घाइते भएका एक चिनियाँको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ ,१९ मंसिर।काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका  एक चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ।

    हिजो आइतबार बिहान लगभग ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए भने  तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

    २९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको सेन्टरले घोषणा गरेको छ।

    उनीहरू नेपालमा घुम्न आएका हुन् तर उनि साथी साथी बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको भन्ने खुलेको छ।

    थप अनुसन्धान र कार्बहिकलागी  प्रहरीले आरोपित युनलाई भने  पक्राउ गरेको छ।

  • ताजा समाचार