राष्ट्रसेवक
  • २२ भदौ २०८१
  • आजबाट काठमाडौं महानगरको दुई दिने निःशुल्क स्वास्थ्य शिविर


    • राष्ट्रसेवक
    •    
    • December 14, 2022

  • काठमाडौँ ,२८ मंसिर। काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

    ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनकारी दिएको  छ।

    शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोगको उपचार गरिने छ।

    यस्तै, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको उपचार गरिने महानगरले बताएको हो ।

    सोहि शिविरमा निःशुल्क औषधि वितरण समेत हुने र उक्त सेवा मंसिर २८ र २९ गतेसम्म नेपाली सेनाको खेल मैदानमा हुने छ।

  • ताजा समाचार