राष्ट्रसेवक
  • ०३ असोज २०८१
  • साताको अन्ति दिन नेप्से परिसूचक १४.४८ अंकले गिरावट


    • राष्ट्रसेवक
    •    
    • December 15, 2022

  • काठमाडौँ,२९ मंसिर। साताको अन्तिम कारोबारको आज  बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको हो । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो भने  त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको हो।

    बिहीबार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ ।

    बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको हो।

  • ताजा समाचार