राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • वैदेशिक रोजगारीमा गएका ७ सय भन्दा बढी नेपाली जेलमा


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 19, 2022

  • काठमाडौँ,४ पुस।वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला रहेकाछन् ।

    मन्त्रालयका अनुसार साउदी अरेबियाको जेलमा १२७ जना पुरुष र १ जना महिला गरेर १२८ जना, मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।

    प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२०–०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा रहेका थिए भने त्यसैगरी नै २०२१–०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको हो।

     

  • ताजा समाचार