राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 21, 2022

  • कास्की,६ पुस ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।

    प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताएका हुन्  ।

    प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरू नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएससी, मच्छिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन् । गत वर्ष एपिएफ च्याम्यिन बन्दा उपविजेता मनाङ मस्याङ्दी क्लब भएको थियो ।

    प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिँदै आएको छ । सो एकेडेमीमा हाल तेस्रो व्याचको १३ बालक आश्रित रहेका सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताएका छन् ।

  • ताजा समाचार