राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • काठमाडौँ विश्वविद्यालयका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै


    • राष्ट्रसेवक
    •    
    • June 8, 2023

  • काठमाडौँ – काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो ।

    काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन वीलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने भएको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताउनुभयो ।

    दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने उहाँले बताउनुभयो । यसपटकको समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने जनाएको छ । जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका एक सय ६७ जना रहने छन् ।

    दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९ दशमलव ३५ ९छ सय १२० र महिलाको प्रतिशत ५० दशमलव ६५ ९छ सय २८० जना रहने छ । दीक्षित हुनेमध्ये वेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना अर्थात् ५ दशमलव ८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहनेछन् ।

    काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जीनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिने भएको छ । अठ्ठाइसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४१ हजार दुई सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेशनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेशन इन म्याथमेटिक्स एजुकेशनमा सबैभन्दा बढी सिजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्कुल अफ एजुकेशनबाट नै स्नताक तहमा व्याचलर अफ एजुकेशन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ८९ प्राप्त गर्नुभएका सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ९७ प्राप्त गर्नुभएका प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट नै एमबिए तहमा सिजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट हुनुभएका आयुष्मा पोखरेलाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गर्ने भएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले बताउनुभयो ।

    यसैबीच विश्वविद्यालयले गत जेठ २२ गते सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९५औँ बैठकबाट आव २०७८र७९ को वार्षिक कार्यप्रगति विवरण स्वीकृत गरेको, आव २०८०र८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय ९बजेट० मा कुल रकम रु दुई अर्ब २१ करोड ५५ लाख आय हुने र रु दुई अर्ब २६ करोड व्यय हुने अनुमान गरिएको, विश्वविद्यालयको आव २०७७र७८ र आव २०७८र७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको प्रवक्ता प्याकुरेलले बताउनुभयो ।

    त्यस्तै आव २०७९र८० को लेखापरीक्षणका लागि लेखापरीक्षकका रूपमा एमबी श्रेष्ठ एण्ड कम्पनी नियुक्ति गरी लेखापरीक्षकको पारिश्रमिक निर्धारण गरेको तथा काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को दफा ५ ९ङ० एवं २२ बमोजिम विश्वविद्यालय आर्थिक नियम २०४९ मा आठौँ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

  • ताजा समाचार