राष्ट्रसेवक
  • २३ भदौ २०८१
  • प्रदेश अनुसार एसइईको नतिजा यस्तो छ


    • राष्ट्रसेवक
    •    
    • July 6, 2023

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा बागमती प्रदेश अब्बल देखिएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजामा बागमती प्रदेश अब्बल देखिएको हो । सबैभन्दा कमजोर नतिजा कर्णाली प्रदेशको छ ।

    परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जिपिए अङ्क ल्याएका छन् । सबैभन्दा कमजोर नतिजा कर्णाली प्रदेशको छ भने लुम्बिनी र प्रदेश १ को नतिजा पनि तुलनात्मक रूपमा राम्रो रहेको छ ।

    त्यस्तै, जिपिए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।

    परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका थिए। प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी थिए । यसवर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी थिए ।

    प्रकाशित नतिजा अनुसार कोशी प्रदेशमा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने २७०७, ३.२० देखि३.६० सम्म८३३२, २.८० देखि ३.२० सम्म ११६२९, २.४० देखि २.८० सम्म १४६३२, २.०० देखि २.४० सम्म १७६७१, १.६० देखि २.०० सम्म १४३५४, १.२० देखि १.६० सम्म ४९५८ र ०.८० देखि १.२० मा २६४ जना रहेका छन् ।

    त्यसैगरी मधेस प्रदेशमा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने २१८५, ३.२० देखि३.६० सम्म ८४४९, २.८० देखि ३.२० सम्म ११५११, २.४० देखि २.८० सम्म १४०८०, २.०० देखि २.४० सम्म १६०३१, १.६० देखि २.०० सम्म १४४९८, १.२० देखि १.६० सम्म ७२५० र ०.८० देखि १.२० मा २६५ जना रहेका छन् ।

    बागमतीमा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने ११४८१, ३.२० देखि ३.६० सम्म २०२२१, २.८० देखि ३.२० सम्म १९२८८, २.४० देखि २.८० सम्म १८३१२, २.०० देखि २.४० सम्म १६२०५, १.६० देखि २.०० सम्म ९२६४, १.२० देखि १.६० सम्म २५४३ र ०.८० देखि १.२० मा ११३ जना रहेका छन् ।

    गण्डकीमा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने १६४७, ३.२० देखि ३.६० सम्म ४६९३, २.८० देखि ३.२० सम्म ६८५७, २.४० देखि २.८० सम्म ८८७०, २.०० देखि २.४० सम्म ९७९२, १.६० देखि २.०० सम्म ७२७५, १.२० देखि १.६० सम्म २०५८ र ०.८० देखि १.२० मा ८२ जना रहेका छन् ।

    लुम्बिनीमा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने २७९५, ३.२० देखि ३.६० सम्म ६८१३, २.८० देखि ३.२० सम्म १०२०१, २.४० देखि २.८० सम्म १३३३२, २.०० देखि २.४० सम्म १७०९७, १.६० देखि २.०० सम्म १८९६०, १.२० देखि १.६० सम्म १०५७३ र ०.८० देखि १.२० मा ७१९ जना रहेका छन् ।

    कर्णालीमा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने २४०, ३.२० देखि ३.६० सम्म १३३२, २.८० देखि ३.२० सम्म ३६८८, २.४० देखि २.८० सम्म ८११२, २.०० देखि २.४० सम्म ११२३९, १.६० देखि २.०० सम्म ८५८९, १.२० देखि १.६० सम्म २५४४ र ०.८० देखि १.२० मा १२४ जना रहेका छन् ।

    सुदूरपश्चिममा नियमिततर्फ ३.६० देखि ४ जिपिए ल्याउने ४००, ३.२० देखि ३.६० सम्म १८१०, २.८० देखि ३.२० सम्म ३९९३, २.४० देखि २.८० सम्म ८०१२, २.०० देखि २.४० सम्म १२९६८, १.६० देखि २.०० सम्म १५२८९, १.२० देखि १.६० सम्म ८८३३ र ०.८० देखि १.२० मा ६३३ जना रहेका छन् ।

  • ताजा समाचार