राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलक : अर्थमन्त्री


    • राष्ट्रसेवक
    •    
    • July 19, 2023

  • काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धीमूलक रहेको बताएका छन् ।

    भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिका जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन् ।

    उनले जी-२० मुलुकले पनि संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगायतका विषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए । उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसँग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण विषयमा छलफल भएको बताए ।

    अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरूलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए ।

    नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए ।

  • ताजा समाचार