राष्ट्रसेवक
  • २२ असार २०८१
  • क्यासटेल टेकको प्रोजेक्ट ‘दिक्षा अभियान’ सञ्चालन


    • राष्ट्रसेवक
    •    
    • August 29, 2023

  • काठमाडौँ, १२ भदौ । क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अभियान सुरु गरेको छ । ‘प्रोजेक्ट दिक्षा, शिक्षा फर अल्’  नारा सहित सञ्चालन भएको यो अभियान विद्यार्थीहरुलाई सूचना तथा प्रविधीमा आकषर्ण बढाउने उद्देश्यले थालिएको हो ।

    यस अभियानले कक्षा १० देखी १२ कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेको छ । क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अर्न्तगत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गर्नेछ । ‘सूचना तथा प्रविधीबारे तालिम प्रदान गरेर रोजगारीको अवसर प्रदान गर्नेछौं ।’ क्यासटेल टेक प्रालिका सञ्चालक विशाल पोखरेलले भने, ‘हामीले डिजिटल मार्केटिङबारे तालिम प्रदान गरिसक्यौं । अन्य विषयमा पनि तालिम प्रदान गर्नेछौं ।’ ललितपुरस्थित क्यास्पियन भ्याली कलेजका विद्यार्थीहरुलाई क्यासटेल टेकले डिजिटल मार्केटिङबारे तालिम प्रदान गरेर अभियान सुरु गरिसकेको छ ।
    पछिल्लो समयमा सूचना तथा प्रविधी विषयमा नेपाली विद्यार्थीहरुको आकषर्ण बढिरहेको छ । स्वदेशमै बसेर राम्रो कमाई गर्न सकिने र जागिरको ग्यारेन्टीको भएकाले पनि यस पेशामा विद्यार्थीहरुको आकषर्ण बढ्दै गएको हो । प्रोजेक्ट दिक्षाको संस्थापक विशाल पोखरेल तथा सह–संस्थापक समय पौडेल रहेका छन् । गाउ–गाउ पुगेर विद्यार्थीहरुलाई सूचना तथा प्रविधीप्रति चाख जगाउनु र यसै पेशामा भविष्य देखाउनु यसको मुख्य उद्देश्य रहेको अभियानका संस्थापक पोखरेलले बताए ।

    काठमाडौँपछि मकवानपुर जिल्लाका स्थानीय तहहरुको समन्वयमा ‘प्रोजेक्ट दिक्षा’ बारे अभियान सूरु गर्ने तयारी थालिसकेको सह–संस्थापक पौडेलले जानकारी दिए । आगामि दिनमा स्कुल, कलेज स्तरीय कार्यक्रम गर्ने, प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने तयारी भईरहेको उनले सुनाए । ‘आइटी फिल्डलाई इज्जतिलो पेशाका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।’ संस्थापक पोखरेलले भने, ‘यो क्षेत्रमा विद्यार्थीहरुको रुची जगाउने हाम्रो प्रयास हो ।’

  • ताजा समाचार