राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • नेशनल प्याब्सन काठमाडौँको अध्यक्षमा अमृत खड्काको उम्मेदवारी


    • राष्ट्रसेवक
    •    
    • September 12, 2023

  • काठमाडौँ – हाल नेशनल प्याब्सन काठमाडौँका जिल्ला सचिव रहेका अमृत खड्काले आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

    नेशनल प्याब्सनका तर्फबाट निजी विद्यालयहरुका आवाज निरन्तर उठान गरी साङ्गठानिक चुनौतीको सामना गर्दै आफूले संस्थागत विकासमा विगत १५ वर्ष देखि अनवरत रुपमा काम गर्दै आएकाे बताउने खड्काले काठमाडाैं जिल्ला भित्रका निजी-संस्थागत विद्यालयहरुलाइ समयानुकुल उचित नेतृत्व दिन आफू सक्षम रहेकाे ठानेर अध्यक्ष पदकाे लागि उम्मेदवारी दिन लागेका हुन् ।

    स्थानीय पालिका र नगरसमितिसँगको साझेदारी कार्यक्रम सञ्चालन गर्दै सदस्य विद्यालयलाई सबल र सक्षमता पूर्वक सामूहिक अपनत्व हुने गरी निजी क्षेत्रको लगानीलाई सञ्चालक र विद्यालयमैत्री बनाई लगानी सुरक्षा र संवर्धन कार्यमा नतिजामुखी काम गर्न आफू तत्पर रहने बताउँछन् खड्का ।

    खड्काले अन्य जिम्मेवारीकाे अलावा सचिवकै रुपमा २ कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन् । आफ्नाे उम्मेदवारी बारे खड्काले नेशनल प्याब्सनको गरिमा र साङ्गठानिक कार्यलाई थप सुदृढ र एकताबद्ध ढङ्गले अघि बढाउने, सदस्य विद्यालयलाइ थप मजवुत बनाउने लगायतकाे लागि आफ्नाे उम्मेदवारी महत्वपूर्ण रहने बताए ।

  • ताजा समाचार