राष्ट्रसेवक
  • २२ भदौ २०८१
  • कतार गए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन


    • राष्ट्रसेवक
    •    
    • September 28, 2023

  • काठमाडौं, ११ अशोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतार गएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन लिङदेन बुधबार राति दोहा गएका हुन्।

    कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँको विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट एवं अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने, राजदुतावास कार्यालयका अधिकारीसंग विविध विषयमा छलफल गर्ने साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

    अध्यक्ष लिङदेन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन्।

    कतार भ्रमणमा जानुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष मा.बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले बताए। लिङ्देन असोज १३ गते फर्कने बताइएको छ।

  • ताजा समाचार