राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • ग्यास बिक्रेता महासंघ नेपालको आयोजनामा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


    • राष्ट्रसेवक
    •    
    • October 16, 2023

  • काठमाडौँ । ग्यास बिक्रेता महासंघ नेपालको आयोजनामा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हालै एलपि ग्यासमा भएको निर्वाचनमा सर्वसम्मत रूपमा निर्वाचित शिव प्रसाद घिमिरे र उहाँको सम्पुर्ण टिमलाई ग्यास बिक्रेता महासंघ नेपालको तर्फबाट वधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    शुभकामना आदान प्रदान कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले ग्यास व्यवसाय लगायत समसामयिक विषयमा मन्तब्य राख्नुभयो । दुलालले विक्रेता कमिसन, डिलर प्रमाणिकरण, उपभोक्ता सचेतनामुलक कार्यक्रम, करमा सहजिकरण गरिनुपर्ने लगायत महत्वपूर्ण विषय उठान गरेका थिए ।

    यस्तै सो कार्यक्रममा महासंघका पुर्व अध्यक्ष महेश्वर श्रेष्ठ, सल्लाहकार सदस्य अर्जुन खत्रि, उपाध्यक्ष रामप्रसाद ज्ञवालि, गेहेन्द्र रिजाल लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दुलालले नवनिर्वाचित अध्यक्ष शिव प्रसाद घिमिरे र पुर्व अध्यक्ष गोकुल भण्डारीलाई संस्थाका तर्फबाट आफ्ना कुराहरू ध्यानाकर्षण गराउनु भएको थियो ।

    उद्योग संघका नवनिर्वाचित सम्पूर्ण टिम, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार अध्यक्ष लगायत सदस्यहरु, महासंघका सचिव राजेश दाहाल, कोषाध्यक्ष रवीन कार्की, सह—कोषाध्यक्ष राधिका महर्जन, केन्द्रीय सदस्य प्रकाश तिवारी, रामकुमार खड्का, रामशरण पुडासैनी, पुष्पा न्यौपाने, कृष्णराज खतिवडा, श्रीहरी ढकाल, महासंघका सल्लाहकार अध्यक्ष महेश्वर प्रसाद घिमिरे, लगायत सम्पूर्ण पदाधिकारी र ग्यास बिक्रेता संघ काठमाडौँका अध्यक्ष शेषकान्त भण्डारी सहितको उपस्थिीतिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

    महासंघका अध्यक्ष चन्द्रबहादुर थापाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले बिक्रेताका समस्याहरुको विषयमा आफ्ना कुरा राख्नु भएको थियो ।

  • ताजा समाचार