राष्ट्रसेवक
  • २५ असार २०८१
  • जाजरकोट भूकम्प पीडितलाई बाजुराको त्रिवेणी नगरपालिकाले एक लाख रुपैंयाँ सहयोग प्रदान गर्ने


    • राष्ट्रसेवक
    •    
    • November 10, 2023

  • बाजुरा । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पले पुर्‍याएको क्षतिलाई मध्यनजर गर्दै बाजुराको त्रिवेणी नगरपालिकाले एक लाख रुपैंयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ६.४ स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुयाएकाले राहत तथा उद्धारमा सहजिकरणका लागि त्रिवेणी नगरपालिकाले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

    गृह मन्त्रालयअन्तर्गत्को विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार जाजरकोटको भूकम्पबाट हालसम्म २६ हजार ५५७ घर पूर्ण रुपमा ध्वस्त बनेका छन् भने ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ५७ जनाको ज्यान गईसकेको छ भने करिब २ सय जना घाइते छन्् ।

     

  • ताजा समाचार