राष्ट्रसेवक
  • २५ असार २०८१
  • जाजरकोट भूकम्प पीडितलाई ‘हामी नेपाल’ सँगको सहकार्यमा नेपाली सेनाका उपसेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा सहयोग वितरण


    • राष्ट्रसेवक
    •    
    • November 15, 2023

  • जाजरकोट । गत कार्तिक १७ राती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पु¥याएको छ । भूकम्प प्रभावित जनताहरु त्रिपालमुनि सुत्न बाध्य छन् ।

    जाजरकोटको नलगाड नगरपालिका वडा नं – १३ भुकम्प प्रभावित क्षेत्रमा हामी नेपाल सँगको सहकार्यमा नेपाली सेना विशेषगरी उपसेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको श्री चन्दन नाथ गणस्थित नलगाड सुरक्षा बेसको सहयोगमा नेपाली सेनाको कल साइन NA061 बेल हेलिकप्टरमा ५ सय घरधुरीलाई पुग्ने गरि ५ सय पिस त्रिपाल, एक सय पिस म्याट्, ६० पिस फाइबर सिरक सहयोग प्रदान गरिएको छ । उक्त सामग्रि नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा वितरण गरिएको भावना राउतले बताइन् ।

    जाजरकोटको नलगाडमा हिमपात सुरु भैसकेको छ । भौगोलिक कठिनाइका कारणले गर्दा कुनै पनि राहत सामग्री भुकम्प गइसकेको दुई हप्तासम्म पनि नपुगेको अवस्था जनताहरु कष्टकर जीवन भोगिरहेका छन् ।

  • ताजा समाचार