राष्ट्रसेवक
  • २५ असार २०८१
  • कलाकार पी सिंहको ‘नेपाल-यात्रा’ कतार आर्ट फेस्टिभलमा


    • राष्ट्रसेवक
    •    
    • November 25, 2023

  • काठमाडौं । कतारको दोहामा जारी ‘कतार इन्टरनेशनल आर्ट फेस्टिभल’मा नेपाली कलाकार पी सिंहका नेपाल चिनाउने चित्रहरू राखिएको छ। प्रदर्शनीमा कलाकार सिंहले सृजना गरेका एक्रिलिक र वाटर कलरका पेन्टिङहरू (चित्र) राखिएका छन् । यी पेन्टिङमा नेपालको प्राकृतिक दृश्य, वन्यजन्तु तथा नेपालको वास्तुशिल्प झल्काउने मन्दिर र गुम्बाहरूलाई चित्ताकर्षक ढंगले समेटिएको छ ।

    यसअघि युके र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार पी सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवर्द्धन गर्न प्रतिबद्ध छन् । उनको योगदानलाई कदर गर्दै बेलायतका लागि तत्कालीन नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले २०२० मा सम्मान गरेका थिए ।

    आफ्नो उत्साह व्यक्त गर्दै कलाकार सिंहले भने, ‘कतारमा आफ्नो कलाकृति मार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा म निकै हर्षित छु । पाँच दिने प्रदर्शनीमा सयौं आगन्तुकलाई नेपाली कला, संस्कृति र परिदृश्य देखाउन पाउनु साँच्चै रोमाञ्चक छ।’

    यसै महोत्सवमा पी. सिंहकी छोरी रोस्लिन सिंहले पनि आफ्ना केही पानी-रंग र पेन्सिल कलाकृतिहरू प्रदर्शन गर्दै छिन् । बेलायतमा बायोमेडिकल इन्जिनियरिङ गर्दै आएकी १९ वर्षीया कलाकारले रोस्लिनले भनिन्, ‘यस कला महोत्सवमा नेपालका मेरा केही कलाकृतिहरू प्रदर्शन गर्न पाएकोमा म निकै उत्साहित छु ।’

    कतार इन्टरनेशनल आर्ट फेस्टिभल यही नोभेम्बर २० देखि २५ सम्म चल्ने छ । जसमा ६५ भन्दा बढी देशका कलाकारहरूको सहभागिता रहेको छ ।

  • ताजा समाचार