राष्ट्रसेवक
  • २५ असार २०८१
  • उदयमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ पदाधिकारी चयन


    • राष्ट्रसेवक
    •    
    • November 26, 2023

  • ललितपुर । ललितपुरस्थित उदयमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकास्थित महालक्ष्मी फलफूल तथा तरकारी बजारमा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    उदयमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाले नयाँ पदाधिकारीको चयन गरेको छ । जसअनुसार अध्यक्ष राजन साह, उपाध्यक्ष जीवन कार्की, सचिव कुमार कार्की, सह-सचिव रमेश खत्री, कोषाध्यक्ष सुरज स्याङ्तान चुनिएका छन् । अधिकांस पुरानै पदाधिकारी दोहोरिएका छन् ।

    कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष राजन साहले गरेका थिए । विशेष अतिथिका रुपमा महालक्ष्मी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्रुब केसी, प्रमुख अतिथिका रुपमा वडा नम्बर १ का वडा अध्यक्ष छिरिङ लामा, विशेष अतिथिका रुपमा प्राइम कमर्सियल बैंकका प्रबन्धक सुदीप बज्राचार्य, अतिथिका रुपमा स्थानीय व्यवसायी तिर्थ महर्जन, सञ्जय महर्जन लगायतको उपस्थीति रहेको थियो ।

    जेनिफर कार्कीले स्वागत मन्तब्य दिएको चौथो साधारण सभामा सहकारीका उपाध्यक्ष जीवन कार्कीले संस्थाको परिचय, उद्देश्य र भावी योजनाका बारेमा बताएका थिए । यस्तै संस्थाको आर्थिक विवरण सहकारीका आर्थिक सल्लाहकार विशाल न्यौपानेले पेश गरेका थिए । सहकारीका अध्यक्ष राजन साहले विषम परिस्थीतिमा पनि सहकारीले राम्रो नाफा गरेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा उदयमान बहुउद्देश्यीय सहकारी संस्था अझ बलियो भएर अगाडी बढ्ने बताए ।

  • ताजा समाचार