राष्ट्रसेवक
  • २५ असार २०८१
  • रुकुमका भरत खड्का भनेर चिनिने भद्र खड्का १६ दिनदेखी भारतमा बेपत्ता


    • राष्ट्रसेवक
    •    
    • December 7, 2023

  • काठमाडौं । रुकुमको  त्रिवेणी गाउपालिका ६ का ३१ वर्षिय भरत खड्का भनेर चिनिने भद्र खड्का १६ दिनदेखी बेपत्ता भएका छन् । तिहार मनाएर कामको खोजीमा घरबाट निस्किएका खड्का मंसिर ६ बाट हराएका हुन् ।

    रुपैडियादेखी गोवा जाँदै गरेको बस नम्बर युपि ४६ टि २८८७ मा सवार खड्का भारतको महाराष्ट्रको अहमदनगरस्थित सिकडी भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । एक हप्तासम्म गाडीले गोवा नपुर्‍याएपछि बेपत्ता भएका खड्काले फेसबुकमा स्टाटस लेखेका थिए । उनले फेसबुकमा लेखेका छन्, — हामीलाई यसरी बिचमा फसाउने मान्छे हामीलाई कसैले उद्धार गरेदेओस् न मात्र तिमीहरुका नि दिन आउँछन् । आज ७ दिन हुन लाग्यो बिचमै छौं ।

    बेपत्ता भएको थाहा पाएपछि गोवामा मजदुरी गरिरहेका खड्काका भाई जीवन खोजीकार्यमा जुटेका थिए । ‘एक हप्तासम्म रात, दिन खोज्दा पनि दाई भेटिनु भएन ।’ निरास हुँदै फर्कियौं । खड्काले भने ।

    बेपत्ता खड्का रुपैडियादेखी गोवा जाँने क्रममा उनको साथमा दुई जना रुकुमकै साथी पनि थिए । बेपत्ता खड्काका बुबा सुकलाल र भाई जीवन र बुहारी हाल गोवामै काम गरिरहेका छन् भने आमा र भाउजु रुकुममै छन् । धेरै दिनदेखी बेपत्ता खड्का नभेटिएपछि परिवार शोक मग्न अवस्थामा छ । बेपत्ता खड्कालाई कसैले फेला पारेमा भाई जीवनले ८७९९८१०४९८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

     

  • ताजा समाचार