राष्ट्रसेवक
  • २५ असार २०८१
  • देवी घर्ति र कृष्ण पौडेलको ‘बेहुली बनेर’ मा बिनिता पौडेलको निर्देशन


    • राष्ट्रसेवक
    •    
    • December 9, 2023

  • काठमाडौँ । गायिका देवी घर्ति र गायक कृष्ण पौडेलको स्वरमा सार्वजनिक बेहुली बनेर  बोलको पन्चेबाजा गीतको भिडिओमा बिनिता पौडेलले निर्देशन गरेकी छिन् । कमल अर्यालको शब्द रहेको गीतमा ईश्वर सिंहको संगीत र थेगो रहेको छ । गीतको भिडिओमा भने निर्देशक बिनितासँगै मोडल जीवन क्षेत्रीको अभिनय देख्न सकिन्छ । अनिश खड्काले खिचेको भिडिओ सुजन कोइरालाले सम्पादन गरेका हुन् ।

    प्रोडक्सन म्यानेजर भने ममता पौडेल रहेकी छिन् । भिडिओ डिजिटल स्टार युट्युव च्यानलमा अपलोड गरिएको छ । गीतबारे बोल्दै निर्देशक बिनिता भन्छिन्, मेरो निर्देशकीय यात्रालाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने आशा लिएकी छु । बिनिता आफैमा गायिका समेत हुन् । गीतमा एरेन्ज तारानाथ आचार्यको रहेको छ । यस्तै मिक्स मास्टरको काम खडक बाजुरालीले गरेका हुन् ।

     

  • ताजा समाचार