काठमाडौँ,४ पुस।वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला रहेकाछन् ।
मन्त्रालयका अनुसार साउदी अरेबियाको जेलमा १२७ जना पुरुष र १ जना महिला गरेर १२८ जना, मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२०–०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा रहेका थिए भने त्यसैगरी नै २०२१–०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको हो।