राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • डोनाल्ड लूद्वारा अर्पण गरे सीता दाहालप्रति श्रद्धाञ्जली


    • राष्ट्रसेवक
    •    
    • July 14, 2023

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू भेट गरेका छन् ।
    उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

    लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण पनि गरेका छन् ।

    शुक्रबार मात्र काठमाडौँका आएका लूले यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

  • ताजा समाचार