राष्ट्रसेवक
  • ३० असार २०८१
  • उम्मेदवारी दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय


    • राष्ट्रसेवक
    •    
    • October 9, 2022

  • बैतडी, २३ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय उपलब्ध गराइएको छ । सर्वदलीय छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो । सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दर्ताका लागि सबैभन्दा पहिला समय दिइएको छ ।

    सो पार्टीलाई अहिले ११ बजेदेखि १२ बजेसम्मको समय दिइएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई १२ बजेदेखि दिउँसो १ बजे, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)लाई दिउँसो १ बजेदेखि २ बजे सम्म, नेपाली कांग्रेसलाई दिउसो ३ बजे, नेकपा (माओवादी केन्द्र)लाई ४ बजे तथा जनता समाजवादी पार्टीलाई साढे ४ बजेको समय उपलब्ध गराएको छ ।

    यस्तै स्वतन्त्र उम्मेदवारको हकमा समय निर्धारण नगरिएको आचार्यले बताउनुभयो । “स्वतन्त्र उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्”, उहाँले भन्नुभयो । बैतडीमा प्रतिनिधिसभाका लागि एउटै मात्र क्षेत्र रहेको छ भने प्रदेशसभातर्फ दुई क्षेत्र कायम गरिएको छ ।

  • ताजा समाचार