राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : भक्तपुरमा उम्मेदवारको मनोनयन


    • राष्ट्रसेवक
    •    
    • October 10, 2022

  • भादगाउँ, २४ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार भक्तपुरमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभाका चार क्षेत्रका लागि समेत उम्मेदवारी मनोनयन दर्ता भएको छ । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाटप्रेम सुवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    यस्तै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे बासु, नेकपा (एमाले)का नवराज गेलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का माधव खत्रीले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेशसभा–१ (क)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, एमालेका मोहनवीर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटा, जसपा नेपालका कल्पना सुनुवार, राप्रपाका राजु कुइँकेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    त्यसैगरी प्रदेशसभा–१ (ख)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका पवन भुजु, एमालेका नारायणसुन्दर सिन्तकला, नेमकिपाका सुरेन्द्रराज गोसाईँ, राप्रपाका रोशन नापित, राप्रपा नेपालका शान्तिभक्त बाटी, जनता समाजवादी पार्टी नेपालका विश्वराम शिल्पकारले उम्मेदवारी दर्ता गराउनुएको छ । यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, नेमकिपाका अनुराधा थापामगर, राप्रपाका मोहन केसी, राप्रपा नेपालका राजु नापितले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (क) को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका विष्णुराज कार्की, एमालेका किरण थापा, नेमकिपाका सरोजराज गोसाईँ, राप्रपाका विक्रम थापा, राप्रपा नेपालका उमेश विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का डा राजेन्द्रमान श्रेष्ठ, एमालेका चन्दनकृष्ण श्रेष्ठ, नेमकिपाका रमेश वैद्य, राप्रपाका पञ्चकृष्ण श्रेष्ठ, राप्रपा नेपालका श्रीकृष्ण नेपालले भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (ख) को सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    जिल्लाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरु बाजागाजा र झाँकीसहित नेता–कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक निर्वाचन कार्यालय पुगेका थिए । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ताका लागि उम्मेदवारको समर्थक र प्रस्तावकसहित २५ जनाभन्दा बढी जान नपाइने, बाजागाजा र सांस्कृतिक झाँकी प्रस्तुत गर्न नपाइने आचारसंहिता जारी गरे पनि प्रमुख दलहरूले भने उक्त व्यवस्थाविपरीत बाजागाजासहित सयौन्को सङ्ख्याका सहभागी भएको ¥यालीसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

    यसैबीच क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि चार जना स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले बताउनुभयो । यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि २६ जनाले उम्मेदवारको मनोनयत दर्ता गराएका छन् । तीमध्ये ११ स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका छन् ।

  • ताजा समाचार