राष्ट्रसेवक
  • २३ भदौ २०८१
  • एसियाकप छनोट : इन्डोनेसियाविरुद्ध नेपाल ७-० ले पराजित


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — दस खेलाडीमा सीमित नेपाल एसियाकप छनोट तेस्रो चरणको आफ्नो अन्तिम खेलमा मंगलबार इन्डोनेसियाबाट ७–० को ठूलो अन्तरले पराजित भएको छ । सम्भवत: नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अन्तिम खेल बिर्सनलायक रह्यो । हारपछि चार टिम सम्मलित समूह ‘ए’ मा नेपाल अन्तिम स्थानमा रह्यो ।

    यस समूहबाट समूह विजेताका रूपमा जोर्डन र उत्कृष्ट दोस्रो स्थानमा रहेर इन्डोनेसिया एसियाकपका लागि छनोट भएको छ । इन्डोनेसियालाई आफ्नो दोस्रो स्थान बलियो बनाउन नेपालविरुद्ध प्रभावशाली जित आवश्यक थियो । यस अगाडि नेपाल जोर्डन र कुवेतविरुद्ध पनि पराजित रहेको थियो ।

  • ताजा समाचार