राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बुढीगंगा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप २०८० अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन


    • राष्ट्रसेवक
    •    
    • November 7, 2023

  • बाजुरा । बाजुरास्थित बुढीगंगा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप २०८० अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भएको छ । कात्तिक १९ गते उद्घाटन भएको यस प्रतियोगितामा अछाम, बाजुरा, डोटी, कञ्चनपुर र बैतडीबाट १५ वटा भलिबल टिमको सहभागिता रहेको छ ।

    कार्यक्रममा सभाध्यक्ष बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया, प्रमुख अतिथि पूर्व उद्योग मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं खेलकुद विभाग प्रमुख कर्ण बहादुर थापा, त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, खप्तड छेडेदह गाउपालिका अध्यक्ष दिल बहादुर रावत, नेपाली कांग्रेस बाजुरा जिल्ला कार्य समिति सचिव तिलक पुरी, नेकपा एमाले बाजुरा जिल्ला कमिटि सचिब भरत थापा, बुढीगंगा नगरपालिका स्तरिय खेलकुद समिति अध्यक्ष केशवराज जैशी लगायतको उपस्थिीति रहेको थियो ।

    यस्तै भलिबल खेल प्रशिक्षक मिन बहादुर बुढथापा, भलिबल खेल नेपाली सेना तथा आयोजक टीम खेल प्रशिक्षक लोकेन्द्र बुढा लगायतको उपस्थीति रहेको थियो । बुढीगंगा नगरपालिका उपप्रमुख माया खड्का कुवरले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य दिदै कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योग मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं खेलकुद विभाग प्रमुख कर्ण बहादुर थापाले आफ्ना सन्तानहरु रुची अनुसार खेलकुद क्षेत्रमा लाग्न प्रेरित गर्नुभयो ।

    कार्यक्रमको उद्घाटनमा जन प्रतिनिधी तथा राजनैतिक दलका प्रतिनिधीबिच मैत्रिपूर्ण खेल भएको थियो ।

    आयोजकका अनुसार विजेतालाई प्रथम पुरस्कार बापत १ लाख ५७ हजार ७ सय ७७ रुपैंयाँ, दोस्रोलाई १ लाख ७ हजार ७ सय ७७ रुपैंयाँ, तेस्रोलाई ५७ हजार ७ सय ७७ रुपैंयाँ पुरस्कार प्रदान गरिने छ । यस भलिबल प्रतियोगिताको समापन कार्यक्रम कात्तिक २२ गते हुनेछ ।

  • ताजा समाचार