राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आईसीसी विश्वकप छनोट खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित 


    • राष्ट्रसेवक
    •    
    • June 24, 2023

  • काठमाडौँ । ब्याटिङ नचलेपछि राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ।

    जिम्बाब्वेको हरारेमा शनिवार भएको खेलमा नेपाल ७ विकेटले पराजित भयो।

    पछिल्ला दुई खेलमा प्रभावकारी ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सको अगाडि भने चल्न सकेन। टोलीले ४४.३ ओभरमा अलआउट हुँदै जम्मा १६७ रनको मध्यम स्कोर बनायो।

    जसलाई अनुभवी नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.१ ओभरमा सहजै पूरा गर्‍यो।

    हारसँगै नेपालको सुपर सिक्स पुग्ने ढोका बन्द भएको छ। चार खेलमध्ये एउटामा मात्रै जितेको नेपालको २ अङ्क छ भने नेदरल्यान्ड्सले ४ अङ्क जोडेर सुपर सिक्स सुनिश्चित गरेको छ।

    विश्वकप क्रिकेटको छनोट चरण अन्तर्गत पाँच-पाँचवटा टोली रहेको दुई समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने नियम छ। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आगामी सेप्टेम्बरमा हुने एक दिवसीय विश्वकप क्रिकेट खेल्नेछन्।

  • ताजा समाचार