राष्ट्रसेवक
  • १२ साउन २०८१
  • निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने


    • राष्ट्रसेवक
    •    
    • October 13, 2022

  • काठमाडौँ, २७ असोज । अन्तर पुस्ता महिलावादी मञ्च (आइजिएफएफ) ले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने र गराउनुपर्ने माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चले निर्वाचन आचारसंहिता पालना गर्ने गराउने र सो को उल्लंघनमा निर्वाचन आयोग लगायत सबै सरोकारवालाहरूको ध्यानकर्षण गराएको हो ।
    सो संस्थाले निर्वाचन आयोग, विभिन्न वडा कार्यालय र महिला अधिकार मञ्चमा ध्यानाकर्षण पत्र बुझाएको हो । कुनै पनि शारीरिक किसिमले निर्बल (वृद्धवृद्धा, अपाङ्गता भएका, गर्भवती, सुत्केरी, बालबालिका आदि) महिला या पुरुष मतदान गर्न जाँदा÷आउँदा राज्यको तर्फबाट गरिएको विशेष व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरी सुदृढीकरण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
    यस मञ्चले स्थानीय निर्वाचनमा महिला सहभागिताको लागि विभिन्न राजनैतिक दलहरूका नेतृत्वसँग संवादलगायत आफ्नै सिकाइको लागि सञ्जालको आन्तरिक छलफल तथा विभिन्न जिल्ला तथा प्रदेश स्तरमा कार्यक्रम गर्दै आएको छ ।
  • ताजा समाचार