राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक


    • राष्ट्रसेवक
    •    
    • October 13, 2022

  • कास्की,२७ असोज । विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो ।
    फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदक पाए । यही असोज २४ देखि जारी फेन्सिङ खेलको हालसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ । हालसम्म बागमतीले चार स्वर्ण र दुई रजतसहित छ कास्यपदक जितेको छ । विभागीय टोली आर्मीले तीन स्वर्ण, पाँच रजत र सात कास्यसहित १५ पदक जितेर बागमतीलाई पछ्याइरको छ । यसैगरी एपिएफ दुई स्वर्ण, तीन रजत र छ कास्यपदकसहित ११ पदकका साथ तृतीय स्थानमा छ ।
    सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्यसहित तीन पदक र प्रदेश नं १ ले तीन कास्यसहित पाँचौँ र आयोजक गण्डकी प्रदेशले दुई पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुदको शुक्रबार औपचारिक शुभारम्भअगावै केही खेल असोज २३ देखि पोखरामा जारी छन् । समय अभाव र पूर्वाधार अपुग भएपछि केही खेललाई अघि सारेर प्रतियोगिता सञ्चालन गरिएको हो ।
  • ताजा समाचार