राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौँ र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको एघारौँ संस्करण


    • राष्ट्रसेवक
    •    
    • October 14, 2022

  • काठमाडौं, २८ असोज । कात्तिक १२ गतेबाट नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण सुरू हुने भएको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित युरोपीयन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिनुभयो । “यसवर्ष भौतिक र अनलाइन दुवै माध्यममा महोत्सव गर्दैछौँ ।
    जीवनको अग्रभागमा रहने चलचित्रमार्फत साँस्कृतिक आदानप्रदान र प्रवर्द्धन गर्न तत्पर छौँ । जीवनलाई प्रभावित गर्ने बुझाईलाई समृद्ध बनाउने प्रभावकारी माध्यम नै यही हो,” उपप्रमुख हिभोनेटले बताउनुभयो । महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाडौँस्थित चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ । त्यहाँ पाँच युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ ।
    महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार निर्देशित ‘लोला’ र आराश टी रिहाहीले निर्देशन गर्नुभएको ‘अस्कर एण्ड लिली’ नेपाली सबटाइटलमा प्रदर्शन हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’, किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गर्नुभएको ‘गोर्खा गर्लस’ प्रदर्शन गरिनेछ । चलचित्र निर्माणको विभिन्न पक्षसँग समबन्धित तीन पुरक क्रियाकलाप तथा अन्तरक्रिया हुने महोत्सवको सद्भावनादूत अभिनेत्री केकी अधिकारी हुनुहुन्छ ।
    “यस किसमको महोत्सवले हाम्रो चलचित्र निर्माण तथा काम गर्ने संस्कार बुझाउन मद्दत गर्छ । यसमा काम गर्न पाउँदा उत्साहित भएकी छु,” अभिनेत्री अधिकारीले भन्नुभयो । महोत्सव अन्तर्गत प्रदर्शन हुने चलचित्रहरू अक्टोबर २८ देखि नोभेम्बर २८ वेबसाइटमार्फत निःशुल्क हेर्न पाइनेछ ।
  • ताजा समाचार