राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : सेपाताक्रो खेल सुरु


    • राष्ट्रसेवक
    •    
    • October 15, 2022

  • कावासोती, २९ असोज । पूर्वी नवलपरासीको कावासोतीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रतियोगिताअन्तर्गतको सेपाताक्रो खेलको सुमद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन अगाडि सात प्रदेश र विभागीय टिमसहितको खेलाडी, अफिसियल, खेलकुद विकास समितिका पदाधिकारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकारसहितको टोलीले नगरपरिक्रमा गरेको थियो ।

    सेपाताक्रो खेलको उद्घाटन खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश नं १ को पुरुष टोलीबीच खेल हुने खेल नेपाल सेपाताक्रो सङ्घका केन्द्रीय अध्यक्ष नेत्रबहादुर गुरुङले बताउनुभयो । महिला र पुरुषको फरक–फरक तीनवटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिनेछन् भने कुस्तीतर्फ सातप्रदेश र तीनवटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले भाग लिनेछन् ।

    साथै पूर्वी नवलपरासीमा हुने अर्को खेल कुस्ती दिनको ३ बजे उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो । कुस्तीतर्फ सातवटा प्रदेश र तीनवटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरेर पुरुष ९१ र महिला ६९ गरी एक सय ६० खेलाडीले भाग लिँदैछन् ।

  • ताजा समाचार