राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ओरालो लाग्यो परिसूचक र कारोबार


    • राष्ट्रसेवक
    •    
    • October 16, 2022

  • काठमाडौँ, ३० असोज । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ ।

    कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर रु ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ ।

    सो बैंकको रु आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु चार करोड ८८ लाख छ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट रु दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी रु दुई करोड ७८ लाख १४ हजार एक सय ७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् । नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

    स्ट्याण्र्डड चार्टड बैंक सात दशमलब २५, एभरेष्ट बैंक पाँच दशमलब १५, नेपाल एसबीआई बैंक तीन दशमलब ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले कमाएका छन् । त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलब शून्य तीन, आशा लघुवित्त पाँच दशमलब ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलब ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३५ प्रतिशतले गुमाएका छन् । –––

  • ताजा समाचार