राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कांग्रेसले चुनावमा परिचालनका लागि गठन ग¥यो विभिन्न उपसमिति


    • राष्ट्रसेवक
    •    
    • October 18, 2022

  • काठमाडौँ, १ कात्तिक । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’ अन्तर्गत सचिवालय तथा विभिन्न उपसमितिहरू गठन गरेको छ । समितिको आज बसेको बैठकमा निर्वाचनमा कांग्रेस र गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रहरूलाई व्यापक परिचालन गर्ने सन्दर्भमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

    यसैगरी बैठकले समितिअन्तर्गत भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन, अनुगमन मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन, निर्वाचन अनुगमन तथा अनुशासन, निर्वाचन आयोग समन्वय, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय र प्रदेश परिचालन समन्वय उपसमिति (सातवटै प्रदेशका लागि) गठन गर्ने निर्णय गरेको छ ।

    समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा समिति सदस्यहरू डा रामशरण महत, प्रवक्ता डा प्रकाशशरण महत, चन्द्रबहादुर केसी, उमेशजङ्ग रायमाझी, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, महेन्द्रकुमारी लिम्बू, हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, गङ्गालक्ष्मी अवाल, सुशीला थिङ, सीतादेवी देवकोटा, दिव्यमणी राजभण्डारी, खिलानाथ दाहाल, तिलकबहादुर रानाभाट, तीर्थ थापा, महेन्द्र यादव, सन्दीप राना, जनार्दन नेपाल, डा अरुणकुमार सुवेदी, शिव लम्साल र पूर्णप्रसाद आचार्यले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

  • ताजा समाचार