राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सुरक्षाको कान्स अनुभव: रेड कार्पेटमा हिँड्दा शून्य भएँ


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — जीवनकै पहिलो विदेश यात्रा ‘कान्स’। सायदै सुरक्षा पन्तले ‘द एट माउन्टेन्स’मा अभिनय गर्दा कल्पना गरेकी थिइन् । विश्व प्रसिद्ध फिल्म फेस्टिभलमा आफूले अभिनय गरेको फिल्म छनोटमा परेको खुसी बाँड्दै ‘द एट माउन्टेन्स’का मेकरले एक दिन सुरक्षालाई कान्सको निम्तो दियो ।

    ‘के छ तिम्रो समय । कान्स आउँछौ ? भनेर सोध्नुभयो । किन नजानु मैले आउँछु भनेँ,’ कान्सको खबर आउँदाको क्षण सम्झन्छिन् सुरक्षा । कान्स सुरु हुनुभन्दा १३ दिनअघि आधिकारिक निमन्त्रणा पत्र हातमा पर्‍यो । त्यसपछि सुरक्षाले सुरु गरिन् भिसा अप्लाइको दु:खदायी संघर्ष । भिसा आउने टुङ्गो थिएन । भिसा पाउन १५ दिन अगाडि अप्लाइ गर्नुपर्ने रहेछ । तर पनि सुरक्षाले झिनो आसा बोकी अप्लाइ गरेको भिसा आयो ।

    कान्सको समयमा त्यहाँको होटल, खानेकुराको मूल्य अत्यन्तै बढ्दो रहेछ । फिल्मको प्रोडक्सन टिमले सबै खर्च व्यहोरिदिन्थ्यो होला। उनीहरुले सबै खर्च आफूहरुले बेहोर्न नसक्ने बताएपछि मैले ‍प्लेनको टिकट काटें । उहाँहरुले २ दिनको एकोमोडेसन हेरिदिनु भएको थियो,’ सुरक्षा सम्झिन्छिन् । नेपालबाट एक्लै कान्स हिँडेकी सुरक्षा तीन ट्रान्जिटसहितको यात्राले एउटी महिला कति सबल हुनुपर्छ भन्ने सिकाएको बताउँछिन् । ‘एक्लै विदेश यात्रामा हिँडेकी छु । विभिन्न ट्रान्जिटहरुमा एक्लै बस्नुपर्ने । एक महिला कतिसम्म सबल हुनुपर्छ भन्ने पनि महसुस भयो। म पढेलेखेकी छु । केही आइपर्‍यो भने त्यसलाई सामना गर्न सक्छु भन्ने अनुभव गरायो । कति कुराहरुको सामना गर्न सकिँदो रहेछ एक्लै यात्रामा हिँडियो भने,’ उनले भनिन् ।

    २४ घण्टाको यात्रापछि सुरक्षा कान्स पुगिन् । कान्स पुग्दाको उत्साह मनमा थियो । एयरपोर्टबाट देखेको कान्सको दृश्य झनै मनमोह । ‘एकदमै सुन्दर सहर । जहाँ प्रकृति र मानव संरचना मिलेर बसेको थियो । डाँडाहरु हाम्रोजस्तै थियो । कति व्यवस्थित रुपले बनाइएका घरहरु । एकदमै फेसनेबल सिटी । बच्चादेखि वृद्धासम्मले फेसन गर्ने, ‘कान्स पुग्दाको क्षण सम्झिन्, ‘इलेक्ट्रिकल गाडीमा एयरपोर्टमै लिन आउनु भएको थियो । सबै कुरा सेड्युलमा चल्यो ।’

  • ताजा समाचार