राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पटकाजन्य पदार्थ बरामद


    • राष्ट्रसेवक
    •    
    • October 24, 2022

  • भरतपुर, ७ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीन महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने दश हजार बढीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा ट्राफिक प्रहरीले १० हजार एक सय ५३ लाई कारबाही गरेको हो । सबैभन्दा बढी गत भदौ महिनामा तीन हजार आठ सय १८ सवारी साधनलाई कारबाही गरिएको छ ।

    यस्तै साउन महिनामा तीन हजार चार सय सय ७० र असोज महिनामा दुई हजार आठ सय सय ६५ लाई कारबाही गरिएको छ । यो अवधिमा रु ८७ लाख पाँच सय राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति थप गरिएसँगै चेकजाँचलाई तीव्रता दिइएको बताउनुभयो । वैशाखसम्म ५२ जना ट्राफिक प्रहरी रहेकोमा अहिले थप गरेर ८२ जना पु¥याइएको छ । अहिले मुख्य सहरी क्षेत्रका हरेक चोकमा दुई÷दुई जना ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । “हामीले मापसेलगायतका चेकजाँचलाई नियमितता दिएका छौँ, उहाँले भन्नुभयो”, “रात्रिकालीन यात्रामा दुई चालक अनिवार्य गराएका छौँ ।” यस्तै चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उहाँको भनाइ छ । तीन महिनाको अवधिमा महिनामा जिल्लामा भएका दुर्घटनामा २२ जनाको मृत्यु र दुई सय १७ घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय चितवनमा ठूला दुर्घटनामा कमी आएको छ ।

    यस्तैबीच, चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारका समयमा अवैधरुपमा ल्याइएका र बिक्रीका लागि राखिएका पाँच हजार पाँच सय पटकाजन्य पदार्थ बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वबाट आएको एक यात्रुबाहक बसबाट मात्रै चार हजार सात सय ३० पटका बरामद गरको छ ।

    यस्तै जिल्ला प्रहरी कार्यालयले भरतपुर र आसपासका क्षेत्रबाट झण्डै सात सय पटका बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बरामद गरिएका लाखौँ मूल्य बराबरका पटका नष्ट गरिने उहाँले बताउनुभयो । पटका बेच्ने र पड्काउने दुवैलाई सम्झाएर छाडिने गरेको उहाँले बताउनुभयो ।

    खुला सिमानाका कारण नेपालमा अवैधरुपमा पटकाजन्य पदाथ भित्रिएको प्रहरीको भनाइ छ । चितवन प्रहरीले तिहारको अवसरमा जिल्लामा गस्ती बढाएको र आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ ।

  • ताजा समाचार